खाडी मुलुक जाने नेपाली श्रमिकलाई वायुसेवा निगमले विशेष छुट दिने

काठमाण्डु- नेपाल वायुसेवा निगमले खाडी मूलुक रोजगारीका लागि नेपाली श्रमिक यात्रुहरूका लागि नयाँ भाडादर लागू गरेको छ। निगमले शुक्रबार सूचना प्रकाशित गर्दै दमाम, दोहा, दुवई तथा क्वालालाम्पुर जाने श्रमिकलाई विशेष छुटसहित नयाँ भाडादर लागू गरेको हो । सूचनामा ‘नेपाल वायुसेवा निगमले काठमाण्डुबाट रोजगारीका लागि दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुहरूका लागि…