प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बर्खास्त गर्न जेनजी फ्रन्टको माग

काठमाण्डु - प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदारलाई नियुक्ति दिइएको विषयमा जेन जीहरूको संस्था नेपाल जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठद्वारा आफ्नै श्रीमतीसहितका नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा नियुक्ति दिलाएको समाचार बाहिर आएपछि जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। सुशीला कार्की प्रधानमन्त्रीमा नियुक्त भएको एक साताभित्रै उनीहरूको नियुक्ति…