काठमाण्डु – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले तोकेको म्यादभित्र दर्ता हुन नआए फेसबूक लगायतका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्ने चेतावनी दिएका छन् । शुक्रबार काठमाण्डुमा सञ्चारिका समूह नेपालको ९औं महाधिवेशनलाई सम्बोधन गर्दै मन्त्री गुरुङले नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्ल्याट्फर्मले नेपालको नियम मान्नुपर्ने बताउँदै सरकारले तोकेको म्यादभित्र दर्ता नभए प्रतिबन्ध लाग्ने बताए…