काठमाण्डु- राजावादीको शुक्रबार भएको प्रदर्शन पछि सामाजिक सञ्जालमा चलेको ‘अरेस्टज्ञानेन्द्र’ ह्यासट्याग पछि ‘अरेस्टप्रचण्ड’ ह्यासट्याग पनि सुरु भएको छ । शुक्रबार तीनकुनेमा भएको प्रदर्शन उग्र बनेपछि दुई जनाको मृत्यु भएको घटनाले सामाजिक सञ्जाल तातेको छ । यो घटनाको दोष पूर्वराजा ज्ञानेन्द्र शाहमाथि लगाउँदै उनलाई पक्राउ गर्नुपर्ने माग सामाजिक सञ्जाल प्रयोगकर्ताले ‘अरेस्टज्ञानेन्द्र’ ह्यासट्याग अभियान चलाएका छन् ।…