सरकारविरुद्ध कुलमान घिसिङको रिट दर्ता, पेसी कहिले ?

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणबाट पदमुक्त भएका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारविरुद्ध रिट दायर गरेका छन्। उनले सर्वोच्च अदालतमा आफूलाई कार्यकारी निर्देशकबाट हटाइएको भन्दै सरकारविरुद्ध रिट दायर गरेका हुन् । उनले बुधबार पेस गरेको रिट आज दर्ता भएको हो। उक्त रिटको पेसी भोलि शुक्रबारलाई तोकिएको छ। घिसिङले अधिवक्ता लोकमणि पोखरेल वारेसमार्फत अदालतमा रिट निवेदन पठाएका थिए…