काठमाण्डु– संवैधानिक निकायका पदाधिकारी नियुक्तिविरुद्ध रिटको सुनुवाइ फेरि हेर्दैहेर्दैमा राखेर पेसी तोकिएको छ। आज बुधबार भएको सुनुवाइमा रिट निवेदकतर्फबाट वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीसहितले बहस गरिसकेपछि अर्को पेसी वैशाख ३ लाई तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ। आजको सुनुवाइमा रिट निवेदक कानुन व्यवसायीहरूले दैनिक रुपमा मुद्दाको सुनुवाइ गर्न माग गरेका थिए । तर, इजलासको नेतृत्व गरेका प्रधानन्यायाधीश…