काठमाण्डु विश्वविद्यालयको उपकुलपति सिफारिसमा सकस, १३ पदाधिकारीको ध्यानाकर्षण

काठमाण्डु – काठमाण्डु विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन विश्वविद्यालयका १३ पदाधिकारीले उपकुलपति खोज तथा सिफारिस समितिको ध्यानाकर्षण गराएका छन् । समितिलाई संयुक्त रूपमा पत्र पठाउँदै पदाधिकारीहरूले विश्वविद्यालयको उपकुलपति सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउन ध्यानाकर्षण गराएका छन् । उपकुलपति सिफारिसमा ढिलाइ हुँदा समितिको कार्यक्षमता एवं निष्पक्षतामाथि समेत प्रश्न उठ्न थालेकाले सिफारिस प्रक्रिया यथाशीघ्र टुंग्याउनुपर्ने ध्यानाकर्षण पत्रमा…