लोसपाले भूमि अध्यादेशलाई समर्थन नगर्ने

काठमाण्डु – सत्तारुढ दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले सरकारले जारी गरेको भूमि सम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने भएको छ । लोसपा अध्यक्ष महन्थ ठाकुरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै भूमि अध्यादेश जनताको हितविपरीत भएको टिप्पणी गरेका छन् । विज्ञप्तिमा उल्लेख छ, ‘यस्तो अवस्थामा लोसपा नेपालले अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय लिएको व्यहोरा अनुरोध छ…