काठमाण्डु गोर्खाजलाई हराउँदै सुदूरपश्चिम रोयल्स २९ रनले विजयी

काठमाण्डु – सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणको आफ्नो पहिलो म्याच जितेको छ । भारतीय मूलका अमेरिकी खेलाडी हर्मित सिंहको अलराउन्ड प्रदर्शनले गत वर्षको उपविजेता सुदूरपश्चिमले बुधबार काठमाण्डु गोर्खाजलाई २९ रनको अन्तरले पराजित गरेको छ । बुधबार सुदूरपश्चिमले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको काठमाण्डु १६.५ ओभरमा ११८ रनमै समेटियो । काठमाण्डुका लागि…