सल्यान महोत्सवस्थलमा आगलागी

काठमाण्डु- सल्यानको श्रीनगरमा जारी महोत्सवस्थलमा आगलागी भएको छ । शनिबार मध्य राति महोत्सवस्थलमा आगलागी भएको हो । आगलागीबाट महोत्सव स्थलमा राखिएका १३८ स्टलमध्ये ८० स्टल जलेर ध्वस्त बनेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान शाखा सल्यानको आयोजनामा माघ १८ गते श्रीनगरमा महोत्सव भइरहेको थियो । आगोलाई स्थानीय र प्रहरीले राति नै नियन्त्रणमा लिएको…