सुनिल पौडेलविरुद्ध अर्को भ्रष्टाचार मुद्दा दायर

काठमाण्डु – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका निवर्तमान कार्यकारी निर्देशक सुनिल पौडेलविरुद्ध घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रको कार्यकारी निर्देशक रहँदा खरिदमा संलग्न कम्पनीबाट घुस लिएको आरोपमा अख्तियारले पौडेलविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले पौडेलमाथि ३ करोड ८ लाख रुपैयाँ घुस खाएको आरोप लगाएको छ ।…