सहकारी ठगीमा छविलाल जोशीको थुनछेक बहस हेर्दाहेर्दैमा, थुनामा पठाउन आदेश

काठमाण्डु – कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणका प्रतिवादी प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको थुनछेक बहस हेर्दाहेर्दैमा रहेको छ । आईतबार जोशी काठमाण्डु जिल्ला अदालतमा हाजिर भए पनि बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासमा उनको थुनछेक बहस भइरहेको छ । थुनछेक बहस नसकिएपछि न्यायाधीश खरेलले उनलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेका छन् ।…