काठमाण्डु- नेपाली कांग्रेसको समर्थनमा बनेको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध विपक्षी दलहरूले मोर्चाबन्दी सुरु गरेका छन् । माओवादी केन्द्रसहितका दलले सदन र सडकमा मोर्चाबन्दीको तयारी गरेका छन् भने मधेसकेन्द्रित दलहरूले मोर्चा बनाएरै सरकारविरुद्ध अघि बढ्न कार्यदल बनाएर छलफल गरिरहेका छन् । प्रमुख विपक्षी माओवादी केन्द्रसहित नेकपा (एकीकृत समाजवादी) र संसदमा नभएका केही दलले…