काठमाण्डु–इलाका प्रहरी कार्यालय बुटवलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरूद्धको सहकारी ठगी मुद्दाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ। प्रहरीले बिहीबार सुप्रिम सहकारीको रकम अपचलन मुद्दामा लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको हो। सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि लामिछाने कार्तिक २७ गते…