काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली आफू नेतृत्वको सरकारका मन्त्रीहरूप्रति असन्तुष्ट हुन लागेको सरकार निर्माण भएको १०० दिन नपुग्दैबाट हो । उनले मौखिक रूपमा मन्त्रीहरूलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर १ महिनाभित्र कायैशैली सुधारेर कार्यसम्पादन आशलाग्दो नभए पद छाड्नुपर्ने चेतावनी दिएका थिए । मौखिक हुँदै ओलीको मन्त्रीहरूसँगको असन्तुष्टि लिखितमा नै पुगेको छ । एमाले अध्यक्ष…