काठमाण्डु – नेकपा एकता अभियानका संयोजक तथा राष्ट्रियसभा सदस्य वामदेव गौतमलाई नेकपा एकीकृत समाजवादीमा भित्र्याउन सहमति जुटेको छ । बुधबार एकीकृत समाजवादीको मुख्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरूसँग छलफल गरेपछि गौतमले छिट्टै पार्टी एकता हुने जानकारी दिए । कहिलेसम्म एकता हुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘चाँडै नै होला, धेरै समय छैन । समझदारी विकास…