मकवानपुर– हेटौँडामा ५ राउन्ड हवाई फायर गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जका सेनाको टोलीले ५ राउन्ड हवाई फायर गरेको हो । गर्दौई र हेटौँडा–८ को सिमानामा गैँडाको खाग तस्करलाई पक्राउ गर्न हवाई फायर गरिएको हो । चितवन राष्ट्रिय निकुञ्जको संरक्षण अधिकृतको नेतृत्वमा खटिएको टोलीले गैँडाको खाग सहित एक जनालाई पक्राउ गरेको छ । तस्करीमा संलग्न…