सर्वाेच्च अदालतको आदेश : दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र उपस्थित गराउनू

काठमाण्डु – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ । बुधबार सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले कारण देखाउ र बन्दीसहित उपस्थित हुने आदेश गरेको छ । प्रसाईका छोरा निराजनले बुवालाई गैरकानूनी रूपमा थुनामा राखेको दाबी गर्दै मंगलबार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दायर गरेकोमा सुनुवाइ थालिएको छ…