काठमाण्डु- नेपाल पत्रकार महासंघमा पहिलो पटक महिला नेतृत्व निर्वाति भएको छ । शुक्रवार भएको मतदानमा देशभरका ९ हजारभन्दा धेरै पत्रकारहरूले प्रत्यक्ष मतदान गरी निर्मला शर्मालाई अध्यक्ष चुनेका हुन् । महासंघको केन्द्रीय निर्वाचन समितिले गए राति अबेर सार्वजनिक गरेको मतपरिणामअनुसार शर्माले चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिष्पर्धी…