रास्वपा सांसदहरूविरुद्ध अदालतको अवहेलना मुद्दामा सर्वाेच्च अदालतको यस्तो आदेश

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पदाधिकारीहरूले अदालतको अवहेलना गरेको रिटमा सर्वाेच्च अदालतले लिखित जवाफ माग गरेको छ । मंगलबार न्यायाधीश विनोद शर्मा र महेश शर्मा पौडेलको इजलासले लिखित जवाफ माग गर्न आदेश दिएको छ । यसअघि मंसिर ११ गते न्यायाधीशहरू मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासले थप विवरण माग गर्ने आदेश दिएको थियो ।…