काठमाण्डु-आइतवार हुने स्थानीय तहको उपनिर्वाचनको लागि आज मध्यरातबाट मौन अवधि सुरू हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचन हुने स्थानमा मौन अवधि सुरू हुनेछ । मौन अवधि मतदान नसकिएसम्म जारी रहन्छ । मौन अवधिमा उम्मेदवार र उनीहरूको पक्षमा प्रचारप्रचार र अरु क्रियाकलाप गर्न पाइँदैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिता अनुसार मौन अवधिमा राजनीतिक दलहरुले प्रचारप्रसारका…