मिश्र समितिले प्रतिवेदन नबुझाएसम्म उद्योगीको लाइन नकाट्न नियमन आयोगको निर्देशन

काठमाण्डु– विद्युत प्राधिकरणले काटेका बिलबिजकलाई टीओडी मिटरको मूल्य निर्धारण र प्राविधिक पक्ष अध्ययन गर्न गठित अरविन्दकुमार मिश्रको संयोजकत्वले समितिले सरकारलाई प्रतिवेदन नबुझाएसम्म उद्योगहरूमा बिजुली नकाट्न विद्युत् नियमन आयोगले निर्देशन दिएको छ । आयोगले विद्युत् प्राधिकरणलाई चारबुँदे पत्र पठाउँदै बक्यौता नबुझाउने उद्योगमा तत्काल लाइन नकाट्न निर्देशन दिएको हो । सरकारले २ मंसिरमा वद्युत प्राधिकरणले काटेका बिलबिजकलाई टीओडी…