काठमाण्डु–मानव तस्करी मुद्दामा मुछिएका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीले आफैँ पीडित भएको बयान दिएका छन् । आफू जोडिएको मानव बेचबिखन र लिखत किर्ते मुद्दामा आफ्नो र मन्त्रालयको सही छाप किर्ते गरेर गिरोहले परिचयपत्र बनाएको भन्दै अधिकारीले आफैँ पीडित भएको जिकिर गरेका हुन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले उनलाई मुद्दा नचलाउने निर्णय गरेको छ ।…