काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका विषयमा सरोकारवालाहरूसँग छलफल गर्दैछन् । प्रधानमन्त्री ओलीले बिहान ११ बजे पूर्वप्रधानमन्त्रीहरू, पूर्वपरराष्ट्रमन्त्रीहरू र परराष्ट्र मामिलाका विज्ञहरूसँग चीन भ्रमणका विषयमा छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ । आफ्नो चीन भ्रमणमा उठाउने एजेण्डा र छलफलका विषयमा प्रधानमन्त्री ओलीले विज्ञसँग छलफल गर्न लागेका हुन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा…