काठमाण्डु - माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीका केही नेताहरूलाई ‘साइज’मा राख्न केन्द्रीय संरचना नै फेरबदल गर्न लागेका छन् । पार्टी उच्च स्रोतका अनुसार दुई कार्यकाल उपराष्ट्रपति भएका नन्दबहादुर पुन ‘पासाङ’ लाई उपाध्यक्ष बनाउने दाहालले तयारी गरेका छन् । पुनलाई पार्टीमा फर्काएर उपाध्यक्ष बनाउने दाहालले तयारी गरेका बताइन्छ । उपराष्ट्रपतिबाट हटेपछि पुन माओवादी पदाधिकारी बैठकमा पनि…