काठमाण्डु-नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष उपेन्द्र द्विवेदीलाई आज मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरिँदैछ । उनलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने छन् । नेपाल र भारतबीच सन् १९५० देखि एक–अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा अनुसार द्विवेदीलाई सम्मान गरिन लागिको हो । राष्ट्रपति कार्यालय शितलनिवासमा दिउँसो…