पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि

काठमाण्डु- पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । आइतबार दिवंगत भएका उनलाई छोराहरु निमेष र निशेषले दागबत्ती दिए । पूर्वसभामुख ढुङ्गानाका सम्मानमा १७ तोपको सलामीसमेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा…