निर्वाचनमा एक्लाएक्लै लड्ने भनाइविपरीत कैलाली जिससमा कांग्रेसलाई एमालेको सहयोग

कैलाली – सत्ता गठबन्धन निर्माण गर्दा प्रतिनिधि सभाका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले निर्वाचन एक्लाएक्लै लड्ने बताएका थिए । तर, त्यो उनीहरूको धारणा १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनमा भने बदलिएको छ । अर्थात कैलाली जिल्ला समन्वय समितिको प्रमुखमा कांग्रेसका उम्मेदवारलाई एमालेले सहयोग गर्ने भएको छ । कांग्रेस कैलाली सभापति नारायण दत्त…