मुख्यमन्त्री नियुक्तिविरुद्ध मधेशका ७४ जना सांसद पुगे सर्वोच्च अदालत

काठमाण्डु- मधेश प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ जना सांसद सर्वोच्च अदालत पुगेका छन् । मंगलबार नेकपा (एमाले) बाहेकका ७४ जना सांसद रिट दायरका लागि सर्वोच्च अदालत पुगेका हुन् । संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको सरकारविरुद्ध मधेश प्रदेश सभाका एमाले बाहेकका सबै दलले ७४ प्रदेश सांसदको हस्ताक्षरसहित सर्वोच्चमा रिट दायर गरेको हो ।…