चीनले प्रधानमन्त्री ओलीलाई पठायो भ्रमणका लागि औपचारिक निम्तो

काठमाण्डु–चीनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रमणका लागि औपचारिक निम्तो पढाएको छ । नेपालका लागि चिनियाँ राजदूत छन सोङले मंगलबार चिनियाँ प्रधानमन्त्री ली छ्याङको तर्फबाट प्रधानमन्त्री ओलीलाई चीन भ्रमणको औपचारिक निम्तो पढाएका हुन् । बुधबार अपरान्ह राजदूत छनले परराष्ट्र सचिव सेवा लम्सालमार्फत प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री छ्याङको निमन्त्रणापत्र हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।…