हङकङ सिक्सेस: अस्ट्रेलियाविरुद्ध नेपाल ११ रनले विजयी

काठमाण्डु - हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । शनिबार भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन सक्यो । अस्ट्रेलियालाई पराजित गरेको नेपाल समूह विजेता बनेर क्वाटरफाइनलमा पुगेको हो। …