काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी ठग्नेहरूलाई कारबाही गरी बचतकर्ताको रकम फिर्ता गर्न ऐन तर्जुमा गरिने बताएका छन् । सिंहदरबाबाट सम्बोधनमार्फत सरकारको सय दिनको उलपब्धि सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले सर्वसाधारणले सहकारीमा जम्मा गरेको रकम अपचलन र ठगी गर्नेहरुमाथि सरकारले कानुनी कारबही सुरु भएको बताएका हुन् । ‘हालसम्म ६ सय भन्दा माथिलाई कानुनी कारवाही गरिएको छ,…