रास्वपामा कार्यवाहक सभापति को बन्ने भन्नेमा विवाद

काठमाण्डु – पार्टी सभापति रवि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा कार्यवाहक सभापति को भन्ने भन्नेमा विवाद देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीको विधान २०७९ (दोस्रो संशोधन २०८०)मा सभापतिको अनुपस्थितिमा उपसभापतिले कार्यवाहक सभापतिको हैसियतमा काम गर्न सक्ने उल्लेख छ । रास्वपामा दुई उपसभापति छन्, डोलप्रसाद अर्याल र स्वर्णिम वाग्ले ।…