ट्राफिक नियम उल्लङ्घन गर्ने चालकलाई आजदेखि ‘डिजिटल चिट’ दिइने

काठमाण्डु-उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने गाडी चालकलाई आजदेखि डिजिटल चिट दिइने भएको छ । यसअघि कागजको चिट काटेपछि भुक्तानीका लागि अरू प्रक्रियामा जानुपर्ने अवस्था रहेकोमा अब ट्राफिक प्रहरीले ‘डिजिटल चिट’ दिने र जरीमाना अनलाइनमार्फत त्यहीँ भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको हो । नियम उल्लङ्घनमा ट्राफिक प्रहरीले चिट काट्दा सम्बन्धित ठाउँमै ‘डिजिटल पेमेन्ट’ गर्ने व्यवस्था गरिएसँगै…