काठमाण्डु-आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गरिदैछ । आज बिहान ६ः १६ बजेसम्म चौथी तिथि रहेको कारण आज पनि कुष्माण्डा देवीको पूजा गरिने छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले दिएको जानकारी अनुसार आज पनि दुर्गा पूजाको विधि अनुसार…