सहुलियत दरमा आजदेखि खसीबोका र च्याङ्ग्राको बिक्री सुरु, मूल्य कति?

काठमाण्डु-खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आइतवारदेखि खसीबोका र च्याङ्ग्राको बिक्री खुला गरेको छ । खसीबोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरी आजदेखि बिक्री सुरु गरिएको हो । कम्पनीले प्रतिकेजी खसीबोकाको ६७० रुपियाँ मूल्य निर्धारण गरी १० रुपियाँ छुट दिएर प्रतिकेजी ६६० रुपियाँ बिक्री खुला गरेको हो । यस्तै च्याङ्ग्रा प्रतिकेजी एक हजार २३० रुपियाँ मूल्य निर्धारण गरी…