बाढी पहिरोबाट ऊर्जातर्फ दुई अर्ब ४५ करोडको क्षति

काठमाण्डु - सरकारले अविरल वर्षाका कारण देशभरका २६ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको प्रारम्भिक निष्कर्ष निकालेको छ । आइतबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जामन्त्री दीपक खड्काले हालसम्मको विवरण अनुसार दुई अर्ब ४५ करोड बराबरको क्षति भएको जानकारी दिए । उनले भने हामीले प्रारम्भिक विवरणका आधारमा यो तथ्याङ्क उल्लेख गरेका हौँ ।…