पलासे र चन्द्रागिरीमा पहिरोले पुर्‍दा ५ जनाको मृत्यु

काठमाण्डु– भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासेमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ । कालिकोट स्थायी घर भई पलासेमा बसेका २४ वर्षीया दमिला शाही, ४ वर्षीया छोरी प्रिया बम र १४ वर्षीया मनिषा शाहीको मृत्यु भएको हो । उनीहरु पलासेमा जग्गा भाडामा लिएर टहरो बनाएर बस्दै आएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले बताए…