श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपक्षे काठमाडौंमा

काठमाण्डु-श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपक्षे नेपाल भ्रमणमा आएका छन् । राजापापक्षे भुटानको राजधानी थिम्पु हुँदै आज दिउँसो काठमाडौं आइपुगेका हुन् । उनी अर्बपति विनोद चौधरीको आमन्त्रणमा नेपाल आएका हुन् । उनी झम्सिखेलस्थित मिभान्ता होटलमा बसेका छन् । ७५ वर्षीय राजपक्षे र उनकी श्रीमती ड्रुक एअरको उडान नम्बर केबी ४०० उडानबाट दिउँसो काठमाडौंमा अवतरण गरेका हुन् ।…