काठमाण्डु-भारतको आन्ध्र प्रदेशस्थित हिन्दूहरूको प्रसिद्ध तीर्थस्थल तिरुपति मन्दिरको प्रसादमा जनावरको बोसो मिसाइएको पाइएको छ । आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडूले यसअघिको सरकारका पालामा प्रसादको रूपमा लड्डु बनाउन शुद्ध घीउको सट्टा जनावरको बोसो मिसिएको घिउ प्रयोग गरेको आरोप लगाएपछि विवाद उत्पन्न भएको थियो । शेषाचालम पर्वतमा अवस्थित तिरुमला तिरुपति देवस्थान विश्वको सबैभन्दा धनी तीर्थस्थल मध्ये एक…