गृहमन्त्रीले छुट्टै सल्लाह गर्न खोजेपछि हुन सकेन गृहसचिवको नियुक्ति

काठमाण्डु – तत्कालीन गृहसचिव एकनारायण अर्याललाई सरकारले मुख्यसचिव नियुक्त गरेपछि गृह मन्त्रालय प्रशासनिक नेतृत्वविहीन बनेको अवस्थामा बिहीबारको मन्त्रिपरिषद् बैठकले गृहसचिव नियुक्त गर्न सकेन । बिहीबारको मन्त्रिपरिषद् बैठकमा गृहसचिव नियुक्ति लगायत एजेन्डा रहे पनि गृहमन्त्री रमेश लेखकले गृहसचिवको नाम प्रस्ताव नै गरेनन् । मन्त्रिपरिषद् बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टै सल्लाह…