मधेसका मुख्यमन्त्री सिंहले शनिबार विश्वासको मत लिने

काठमाण्डु – मधेसका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार (भोलि) विश्वासको मत लिने भएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएको बेलामा विश्वासको मत लिन लागेका सिंह आफूले विश्वासको मत पाउनेमा विश्वस्त देखिन्छन् । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीच एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको नयाँ सरकार बनाउने सहमति भए पनि त्यसले मधेशको सत्ता राजनीतिमा परिवर्तन नआउने…