काठमाण्डु - जल तथा माैसम पुर्वानुमान महाशाखाले बुधबारकाे माैसम पुर्वानुमान गरेकाे छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ। बागमती गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा, कोशी, मधेश, कर्णाली र सूदुरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो देशभर साधारणतया देखि पूर्णतया बदली रहने…