संविधान संशोधन गर्ने सहमतिसहित कांग्रेस–एमालेको सरकार !

काठमाण्डु – संविधानसभामार्फत जनप्रतिनिधिले जनताका लागि बनाएको संविधान संशोधनबारे मुख्य दुई दलबीच संवाद बाक्लिएको छ । संघीय संसद्अन्तगर्तको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस र दोस्रो ठूलो दल नेकपा एमालेबीच संविधान संशोधनबारे शीर्ष र दोस्रो तहमा छलफल बाक्लिएको छ । संविधान संशोधनका मुद्दामा सहमति खोज्न कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्माओलीबीच छलफल भएका…