काठमाण्डु - अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हालै भएको पाँच दिने एशिया भ्रमण शक्ति प्रदर्शन र कूटनीतिक सन्तुलनको मिश्रण बनेको विश्लेषण भइरहेको छ । भ्रमणको क्रममा राष्ट्रपति ट्रम्पले मलेशिया, जापान र दक्षिण कोरियामा व्यापार सम्झौता, लगानीको वाचा र आदरपूर्ण स्वागत पाएका छन् । जापानले पाँच सय ५० अर्ब डलरको लगानी घोषणा गर्दै ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका…