काठमाण्डु - नेकपा (एकीकृत समाजवादी)को दशौँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । आजदेखि २० गतेसम्म काठमाडौंको प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुनेछ । त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई र्याली निकालिने कार्यक्रम रहेको छ नेकपा (एमाले)बाट विभाजन भएको तीन वर्ष नपुग्दै महाधिवेशन गर्न लागेको…