निलम्बित मुख्यसचिव अर्याललाई योजना आयोगमा विशेष पद सिर्जना

काठमाण्डु-सरकारले निलम्बित मुख्य सचिव बैकुण्ठ अर्याललाई राष्ट्रिय योजना आयोगमा विशेष पद सिर्जना गरेर सरुवा गर्ने भएको छ । अर्याल भ्रष्टाचार आरोपमा निलम्बनमा परेर पनि राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर योजना आयोगमा लगिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेपछि अर्याल स्वतः निलम्बन भएका थिए । सार्वजनिक पद धारण…