झलनाथ खनालले कमिटी बैठकमै मागे पार्टी अध्यक्ष नेपालको राजीनामा

काठमाण्डु– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालको राजीनामा मागेका छन् । बिहीबार केन्द्रीय कमिटी बैठकमा बोल्दै खनालले भ्रष्टाचार मुद्दा लागेकाले नेपालले पदवाट राजीनामा दिनुपर्ने बताएका हुन् । खनालले बैठकमा भने 'हाम्रो अध्यक्षलाई अख्तियारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा लगाएको छ, उहाँले अध्यक्ष पदबाट राजीनामा दिनुपर्छ।' खनालले आफू नेकपा माओवादीसँगको एकताको पक्षमा…