काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार सत्ता सहयात्री दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति, उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् । सिंहदरबारमा भएको भेटमा तीनै नेताबीच बजेट पारित गर्ने, मन्त्रिपरिषद् पुनर्गठन र राजदूत नियुक्तिको विषयमा छलफल भएको हो । पछिल्लो समय अध्यक्ष ओलीले बजेटको आलोचना…