काठमाण्डु- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिहिबार (आज) प्रहरी महानिरीक्षक (आईजीपी) फेर्ने चर्चा मिडियाले चलाए पनि त्यसमा सत्यता नभएको बताए । चितवनमा पत्रकारहरूले सोधेको प्रश्नको जवाफ दिँदै गृहमन्त्री लामिछानेले भने, ‘चर्चा कसैले चलाइदियो, बुझ्नेले कसरी बुझ्नुभयो, तपाईंको प्रश्न कुन ढंगमा आयो। आइजिपी फेर्ने कुरा मैले कहाँ भनेँ, तपाईंले कहाँ सुन्नुभयो ? कुनै ठाउँमा कुनै पत्रिकाले लेखिदियो…